१६ कार्तिक, २०८१ शुक्रबार
05:47:53 AM
२ असार, २०७९
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्टको नोक डब्लुएकसवाईचेट र रि–फ्यूल रेष्टुरेन्टमा १० प्रतिशत छुट
काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्टबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकहरु तथा बैकका कर्मचारीहरुलाई अलप्mटको नोक डब्लुएकसवाईचेट र रि–फ्यूल रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र अलफ्ट होटेलका तर्फबाट बजार प्रमुख पवनराज भण्डारीले हस्ताक्षर गर्नुभयो ।
बैंकले १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।