२१ बैशाख, २०८२ आइतबार
01:28:24 PM
१६ बैशाख, २०७९
यस अवधिमा नेपालले सरकार, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै परिवर्तन हासिल गरेको हामीले देखेका छौँ
वासिङ्टन डिसी,
अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताउनुभएको छ ।
उहाँले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत् दुई देशबीचको सम्बन्धको चर्चा गर्नुभएको हो
उहाँले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत् दुई देशबीचको सम्बन्धको चर्चा गर्नुभएको हो ।
विदेशमन्त्री ब्लिङ्केनले आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको छ, “हामीहरु आज अमेरिका नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष मनाइरहेका छौँ । यस अवधिमा नेपालले सरकार, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै परिवर्तन हासिल गरेको हामीले देखेका छौँ ।
नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यस बखत नेपालको राजधानी काठमाडौँमा दुई देशबीच व्यापार तथा मित्रतासम्बन्धी एक सम्झौता पनि गरिएको थियो ।
गएका ७५ वर्षको अवधिमा अमेरिकाले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विविध क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ ।
दुई देशबीच कायम रहेको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धजस्तै नागरिकस्तरमा पनि अन्योन्याश्रित सम्बन्ध रही आएको छ ।