२ जेठ, २०८१ बुधबार

11:09:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्रीन सोसाइटीले गर्यो चेपाङ गाउँमा बृहत निःशुल्क स्वास्थ्य शिविर, स्टेशनरीका सामाग्री पनि वितरण

Nepal Business

५ चैत, २०७९

शिविरमा हाडजोर्नी, आखाँ, दन्त र फिजिसियन सेवा दिइएको र औषधिसमेत निःशुल्क वितरण गरिएको ग्रीन सोसाइटी नेपालका प्रतिनिधि समाजसेवी श्रीलाल परियारले जानकारी दिनुभयो ।

ग्रीन सोसाइटीले गर्यो चेपाङ गाउँमा बृहत निःशुल्क स्वास्थ्य शिविर, स्टेशनरीका सामाग्री पनि वितरण

चितवनको राप्ती नगरपालिका १० स्थित चेपाङ गाएँमा आज बृहत निःशुल्क स्वास्थ्य सम्प्न्न भएको छ । 

ग्रीन सोसाइटी नेपाल र राप्ती नगरपालिकाको आयोजना तथा जर्मनी नागरिक हार्टमुट ड्रामस्टाडलगायत जर्मनीका नागरिकहरुको विशेष सहयोगमा आयोजना गरिएको शिविरमा १५५ जनाले स्वास्थ्य सेवा पाएका थिए ।

ग्रीन सोसाइटी नेपाल र राप्ती नगरपालिकाको आयोजना तथा जर्मनी नागरिक हार्टमुट ड्रामस्टाडलगायत जर्मनीका नागरिकहरुको विशेष सहयोगमा आयोजना गरिएको शिविरमा १५५ जनाले स्वास्थ्य सेवा पाएका थिए ।

शिविरमा हाडजोर्नी, आखाँ, दन्त र फिजिसियन सेवा दिइएको र औषधिसमेत निःशुल्क वितरण गरिएको ग्रीन सोसाइटी नेपालका प्रतिनिधि समाजसेवी श्रीलाल परियारले जानकारी दिनुभयो । 

शिविरमा आखाँ परीक्षण गराएकाहरुमध्ये १६ जनाको जलविन्दु र मोतियाविन्दुको समस्या देखिएको थियो । उनीहरुको आखाँको शल्यक्रिया पनि निः शुल्क गराइने परियारले बताउनुभयो । शिविरमा भक्तपुर इन्टरनेशनल हस्पिटल , भरतपुर आखाँ अस्पताल र फ्रेस डेन्टल क्लिनिकबाट प्राविधिक सहयोग भएको थियो ।
 
जर्मन नागरिक हार्टमुट ड्रामस्टाडले सन् २०१४ देखि आफू नेपालमा विभिन्न सामाजिक कार्यक्रममा सहभागि हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।  राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले राप्तीको विकट मानिने वडा नम्बर १० र १२ का नागरिकलाई लक्षित गरेर नगरपालिकाले विभिन्न संघ संस्थासँग सहकार्य गरेर स्वास्थ्य शिविर गरेको बताउनुभयो ।

उनले सबै मिलेर पहाडी क्षेत्रको विकासमा ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

स्टेशनरी पनि वितरण 

समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारको पहलमा ग्रीन सोसाइटी नेपाल र जर्मनी नागरिक हार्टमुट ड्रामस्टाड तथा जर्मनका नागरिकहरुको विशेष सहयोगमा आज राष्ट्रिय आधारभुत विद्यालय चार किल्लाका विद्यार्थीहरुलाई स्टेशनरी पनि वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई करिब ६ महिनालाई पुग्ने कपि , कलम , पेन्सिल , इलेजरलगायतको स्टेशनरी वितरण गरिएको थियो । 

स्वास्थ्य शिविर तथा स्टेशनरी वितरण कार्यक्रममा राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामा , वडा नम्बर १० का वडा अध्यक्ष तेज बहादुर तमाङ , वडा नम्बर १२ का वडा अध्यक्ष अर्जुन प्रजा, वडा नम्बर १० का निर्वतमान अध्यक्ष अम्मर बहादुर तमाङ लगायतको उपस्थिति रहेको थियो ।