२२ बैशाख, २०८२ सोमबार
02:53:42 AM
२४ भदौ, २०७९
काठमाण्डौं । निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किने भएका छन् । एक किशोरीमाथि बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेपछि विवादमा आएका निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने सीपीएल छोडेर नेपाल फर्किन लागेका हुन् ।
उनले आफूमाथि लागेको आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको र बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेकोले अनुसन्धानका लागि आउन लागेको बताएका छन् ।
काठमाण्डौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो ।
नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।
मंगलबार नुवाकोट घर भएकी एक १७ वर्षीया किशोरीले सन्दीपले आफूलाई भदौ ५ गते पिंगलास्थानको होटलमा लगेर पटक–पटक जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।
महानगरीय प्रहरी बृत्त गौशालामा उनी विरुद्ध जाहेरी परेपछि प्रहरीले प्रकरणको अनुसन्धान गरिरहेको छ ।