२१ बैशाख, २०८२ आइतबार

04:20:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तुमा खतरनाक आगलागी... अकल्पनीय क्षति

Nepal Business

२ माघ, २०७८

अन्तुमा  खतरनाक आगलागी... अकल्पनीय क्षति

२ माघ । इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्वारा सञ्चालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ । 

आगलागीबाट ठूलो क्षति भएको छ । पूर्णरूपमा आगलागी नियन्त्रण नभई के–कति क्षति भयो भन्नेबारे जानकारी आएको छैन । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी श्रीअन्तु, सशस्त्र प्रहरी बल बिओपी छब्बसीको टोली तथा स्थानीयवासीको प्रयास जारी छ ।

विद्युत् सर्ट भएर आगलागी भएको आशङ्का गरिएको छ । आगलागी नियन्त्रणमा खटिनुभएका स्थानीय रुद्र घिमिरेका अनुसार इञ्जिन कोठा, कार्यालय तथा आवास क्षेत्र जलेर नष्ट भएको छ । 

त्यस्तै सूर्योदय नगरपालिकाको बारुणयन्त्र, इलाम नगरपालिका र झापा मेचीनगरको दमकल प्रयोग भइरहेको छ । विद्युत् सर्ट भएर आगलागी भएको आशङ्का गरिएको छ । आगलागी नियन्त्रणमा खटिनुभएका स्थानीय रुद्र घिमिरेका अनुसार इञ्जिन कोठा, कार्यालय तथा आवास क्षेत्र जलेर नष्ट भएको छ । 

त्यस्तै भित्र रहेको ७० देखि ८० हजार किलो तयारी चियासमेत फ्याक्ट्रीभित्रै रहेको जानकारी आफूले पाएको उहाँले बताउनुभयो । आगलागी दिउँसैदेखि भए पनि साँघुरो बाटो भएका कारण दमकल पुग्न समय लागेका कारण पनि ठूलो क्षति भएको स्थानीय रुद्र घिमिरेले बताउनुभयो ।

ढिलै गरी पुगेका दमकलले अन्तु पोखरीको पानी ल्याएर आगो नियन्त्रणमा सघाउ पु¥याएको उहाँको भनाइ छ । आगलागी पूर्णरूपमा नियन्त्रणमा नआए पनि अब भने थप आगो फैलिन नसक्ने अवस्थामा पुगेको बताइएको छ ।