२३ बैशाख, २०८२ मंगलबार
04:27:14 AM
२५ साउन, २०७९
काठमाडौं । काठमाडौंको बालाजु स्थित बाइसधारामा आगलागी भएको छ । जुत्ता चप्पल बनाउने वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । आगलागीमा मानविय क्षति नभएको मैनालीले बताउनुभयो ।घटनाको थप विवरण आउन बाँकी छ ।