१२ असार, २०८२ बिहिबार

11:49:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिशहोममा १ वर्षको रिचार्ज गर्दा १ लाख जित्नेमा कुल बहादुर घिसिङ तमाङ

Nepal Business

२३ साउन, २०७९

डिशहोममा १ वर्षको रिचार्ज गर्दा १ लाख जित्नेमा कुल बहादुर घिसिङ तमाङ

काठमाण्डौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा तामाकोशी गा पा २, डाडां गाउँ कुल बहादुर घिसिङ तमाङले एक लाख रुपैयाँ जित्नुभएको छ । कम्पनीले ल्याएको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना अन्तर्गत उहाँले सो रकम जित्नुभएको हो । 

विजेता तमाङलाई डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुईटेलले पुरस्कार रकम हस्तान्तरण गर्नुभएको हो । 

तमाङले श्याम इलेक्टोनिक्स इलेक्टिक डिलर अन्तरगत रहेको जेडीओएल ९ का रबिन्द इलेक्टोनिक्स का डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर कुल बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाउनुभएको थियो । 

डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउने छन् ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि।भी।, रमाईलो एच।डी।, सरोकार टि।भी।, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।