२१ बैशाख, २०८२ आइतबार
01:41:42 PM
१२ साउन, २०७९
कार्यक्रमबाट पाँच सय विद्यार्थी र तीन सय युवा गरी सात सयलाई उद्यमशीलता कार्यक्रममा सहभागी गराइएको छ ।
कञ्चनपुर,
लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना सञ्चालन गरिएको हो ।

परियोजना सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको रु एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाखको साझेदारीमा परियोजना सञ्चालन गरिएको छ ।
विद्यार्थीको बीचमै विद्यालय छाड्ने दरमा कमी ल्याउन, श्रमप्रतिको सकारात्मक भावनाको विकास गर्न, सीपमूलक शिक्षाप्रति विद्यार्थी तथा युवाको उत्प्रेरणा जगाउन, निम्न आर्थिक आय भएका विद्यार्थी अभिभावकको शिक्षामा गर्नुपर्ने लगानीको दायित्व कम गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।
उहाँका अनुसार परियोजनाअन्तर्गत कपी उद्योग, माछापालन, मौरीपालन, गमला निर्माण, खेलौना निर्माण, सेनेटरी प्याड निर्माण र वृक्षरोपणलगायतका कार्यक्रम सञ्चालन गरिएका छन् । कार्यक्रमबाट पाँच सय विद्यार्थी र तीन सय युवा गरी सात सयलाई उद्यमशीलता कार्यक्रममा सहभागी गराइएको छ ।