२५ बैशाख, २०८२ बिहिबार
09:40:05 PM
२४ असार, २०७९
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा चढेकाे निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ । आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा शेर्पा सवार बा २ च ९००३ नम्बरको कार शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
उक्त कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, गणेश थापा लगायत सवार थिए । तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।