२५ बैशाख, २०८२ बिहिबार
10:13:54 PM
२३ असार, २०७९
नियमावलीको नियम ३० मा केन्द्र सरकारको भुक्तानी रकम फ्रीज नहुने भनि लेखिएको बाहेक अन्य भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा ७ दिन अगावै बन्द हुने उल्लेख छ।
काठमाडौँ,
सरकारको नियमित भुक्तानी असार २४ गते भोलि शुक्रबार देखि रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले शुक्रबारबाट सरकारी भुक्तानी बन्द हुने जनाएको छ ।
महालेखा नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार भोलिबाट भुक्तानी नहुने जनाएको हो ।
महालेखा नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार भोलिबाट भुक्तानी नहुने जनाएको हो ।
नियमावलीको नियम ३० मा केन्द्र सरकारको भुक्तानी रकम फ्रीज नहुने भनि लेखिएको बाहेक अन्य भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा ७ दिन अगावै बन्द हुने उल्लेख छ।
केन्द्र सरकारले जरुरी खर्च गर्नु परे वा स्रोत फेरिए थप बजेट पाए मात्रै भुक्तानी हुनेछ। प्रदेश र स्थानीय तहले यो सुविधा पाउने छैनन् ।