२५ बैशाख, २०८२ बिहिबार

09:45:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल प्रहरीको प्रवक्तामा डिआइजी राई

Nepal Business

२३ असार, २०७९

पदोन्नति हुनुअघि उहाँ बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखका रूपमा हुनुहुन्थ्यो ।

नेपाल प्रहरीको प्रवक्तामा डिआइजी राई

काठमाडौँ,
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ । 

उहाँ हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति हुनुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको छ ।

उहाँ हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति हुनुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको छ ।

पदोन्नति हुनुअघि उहाँ बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखका रूपमा हुनुहुन्थ्यो । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।