२५ बैशाख, २०८२ बिहिबार

10:08:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छः मन्त्री श्रेष्ठ

२३ असार, २०७९

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र प्रशस्त कानूनहरु भएपनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औल्याउनु भएको छ ।

मन्त्री श्रेष्ठको निर्देशनमा सहकारी विभागले तयार पारिरहेको सहकारीको दश वर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र सम्बन्धी सरोकारवालहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारी सम्बन्धी भएका व्यवस्थाहरुलाई समयानुकुल सुधार गर्दै प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानु पर्ने बताउनुभएको हो ।

 सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकाय थप्ने भन्दापनि हाल रहेका संरचनाहरुलाई पुर्नसंरचना गरी सशक्त बनाउने र कमजोरी हटाउने तर्फ कार्यदिशा निर्दिष्ट हुनु पर्नेमा उआँले जोड दिनुभयो ।

विभागले तयार पारिरहेको सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र निर्माण गर्न ढिला भइसकेको भन्दै सरोकारवाला सबैको राय र सुझाव समेटेर यसलाई छिटो भन्दा छिटो अन्तिम रुप दिन पनि मन्त्री श्रेष्ठले आग्रह गर्नुभयो ।