२५ बैशाख, २०८२ बिहिबार

09:24:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं उपत्यकामा सञ्चालनमा आए साझाका विद्युतीय बस, कुन–कुन रुटमा चल्छन् ?

Nepal Business

२३ असार, २०७९

काठमाण्डौं उपत्यकामा सञ्चालनमा आए साझाका विद्युतीय बस, कुन–कुन रुटमा चल्छन् ?

काठमाण्डौं । साझा यातायातको तीन वटा विद्युतीय बस बिहीबारबाट सञ्चालनमा आएका छन् । साझाले बिहीबार बिहान ११ बजे पुल्चोकस्थित कार्यालयबाट यी विद्युतीय बसहरुको साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका गर्नुभएको हो।

लामो समयदेखि सरकारले सार्वजनिक यातायातलाई वातावरण मैत्री बनाउने योजना अनुसार साझा यातायातको विद्युतीय बस काठमाण्डौं उपत्यकामा संचालनमा ल्याएएको हो । 
सोही बमोजिमको पहिलो चरणमा तीन वटा विद्युतीय बसहरु संचालन गरिएको हो ।

साझाले यसलाई प्रति बस एक करोड ५० लाख रुपैयाँमा खरिद गरेको हो । यसैगरी कम्पनीले कुल ४० वटा विद्युतीय बसहरु ल्याउनुपर्ने जिम्मा पाएकोमा अझै ३७ बस ल्याउन बाँकी रहेको छ । 
सरकारले साझालाई ३०० वटा विद्युतीय बस ल्याउन तीन अर्ब पैसा समेत प्रदान गरिसकेको छ।

साझाले यी विद्युतीय बसहरुलाई तीन महिनादेखि परीक्षण गरिरहेको थियो । उक्त बस परीक्षण गर्दा समस्याहरु नदेखिएपछि उपत्यकामा पूर्णरुपमा सञ्चालन गर्न थालिएको हो ।

यी विद्युतीय बसहरु अहिलेको लागि दुई वटा रुटमा संचालन हुनेछन् । जसमा नयाँ बसपार्क–बालाजु–ठमेल–रत्नपार्क–सिंहदरबार–बानेश्वर–मीनभवन हुँदै  एयरपोर्टसम्म दुई वटा र अर्को लगनखेल–लैनचौर–बाँसबारी हुँदै बुढानिलकन्ठसम्म एउटा बस सञ्चालन हुनेछन् ।

साझाका तीन वटै बसमा चालक र परिचालक महिला छन् । अन्य ३७ वटा बस श्रावण महिनाभित्रै भित्राउने र दशै अघि सेवा सुरु हुने बताइएको छ । साझा यातायाले विद्युतीय बसको चार्जिङ स्टेसनका लागि सरकारले जग्गा उपलव्ध गराउने विश्वास व्यक्त गरेको छ ।