२५ बैशाख, २०८२ बिहिबार
09:55:25 PM
२३ असार, २०७९
काठमाण्डौं । राहदानी बनाउने नागरिकको संख्या बढेसँगै राजस्वमा वृद्धि भएको छ । राहदानी विभागका अनुसार मासिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भइरहेको छ ।
अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै राजस्वमा पनि वृद्धि भएको हो । हाल दैनिक औसत ६ हजार राहदानी जारी गर्दा लगभग ५१ करोड राजस्व संकलन हुन गरेको विभागले जनाएको छ ।
यसरी उठेको राजस्वमध्ये राहदानीको एक थान तयार गर्न सरकारको लगभग २ हजार जति खर्च हुने गरेको छ ।विगत २ वर्ष अघिको तुलना राहदानी बनाउने नागरिकको संख्या तेब्बरले वृद्धि भएर दैनिक ६ हजार पुगेको राहदानी विभागका निर्देशक आरनले जानकारी दिनुभयो ।
सरकारले राहदानी विभागबाट द्रुत सेवामार्फत बनाएको राहदानीको शुल्क १२ हजार र जिल्लाबाट बनाइएका राहदानीको ५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।