२५ बैशाख, २०८२ बिहिबार
09:55:25 PM
२२ असार, २०७९
तीन मिनेटसम्म घण्टी बजाई सङ्ख्या यकिन गर्दा कुनै पनि प्रस्ताव पारित हुनका लागि सांसदको कूल उपस्थिति सङ्ख्या एक चौथाइअर्थात् ६९ हुनुपर्नेमा ६७ मात्रै रह्यो
काठमाडौँ,
प्रतिनिधिसभाको बुधबारको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको छ ।
सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्याको गणना गर्न माग गर्नुभएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाई सङ्ख्या यकिन गर्न निर्देशन दिनुभयो ।
सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्याको गणना गर्न माग गर्नुभएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाई सङ्ख्या यकिन गर्न निर्देशन दिनुभयो ।
तीन मिनेटसम्म घण्टी बजाई सङ्ख्या यकिन गर्दा कुनै पनि प्रस्ताव पारित हुनका लागि सांसदको कूल उपस्थिति सङ्ख्या एक चौथाइअर्थात् ६९ हुनुपर्नेमा ६७ मात्रै रह्यो ।
यसअघि पनि त्यस्तै अवस्था आएकाले सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगित गर्नुभएको थियो । तेस्रो पटक पनि गणपूरक सङ्ख्या नपुगेपछि सभामुख सापकोटाले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाइएको जानकारी दिनुभयो ।
त्यसअघि बैठकले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ लाई पारित गरेको थियो । गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही असार २३ गते दिउँसो २ बजे बस्नेछ ।