५ जेठ, २०८२ आइतबार
01:12:51 PM
८ असार, २०७९
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा यही असार २३ गते काठमाडौंको अम्रपाली बैंक्वेट भाटभटेनीमा बिहान ११ बजेबाट सुरु हुने छ ।
।
सभाले कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। उक्त सभाले पुँजी बृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले संस्थापक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुका नियुक्ती अनुमोदन गर्ने अन्य कुनै जीवन बीमा कम्पनी आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।