२१ बैशाख, २०८२ आइतबार
11:07:53 AM
२ असार, २०७९
काठमाण्डौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक बिक्री वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्ट्यान्डर्डको फ्ल्यागशिप शोरुम सञ्चालनमा ल्याएको छ ।
कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न शोेरुम सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।
नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन वहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त शोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
शोरुम उद्घाटनबारे टिप्पणी गर्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक विजुक्छेले भन्नुभयो, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न शोरुम खोल्न पाउँदा निकै खुसी छौं । यो सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउनेछ ।’
उहाँले नयाँ शोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त शोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यो शोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भै फ्रि सर्भिसिङ हुनेछ ।