१ भदौ, २०८२ आइतबार

12:55:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

छुट्ला है ! भोलिदेखि १८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन हुँदै

१९ जेठ, २०७९

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

छुट्ला है ! भोलिदेखि १८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन हुँदै

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीआ) निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि जेठ २० गते शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको हो । यसअघि कम्पनीले आयोजना प्रभावितहरुका लागि आईपीओ निष्काशन तथा बिक्रि गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गर्ने उक्त आईपीओमा लगानीकर्ताले छिटोमा जेठ २५ गतेदेखि ढीलोमा असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले  ‘इक्रा एनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।