१ भदौ, २०८२ आइतबार
09:31:40 PM
१५ जेठ, २०७९
बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो ।
काठमाडौं । प्रभु बैैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरहरू ओमप्रकाश अग्रवालले २९ हजार ८२० कित्ता र नितु अग्रवालले १० हजार कित्ता सेयर गरी कूल ३९ हजार ८ सय २० कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएको हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो । तर उक्त सेयर खरिदका लागि संस्थापकहरु सेयरधनीबाट कुनै पनि निवेदन नआएको हुनाले सो सेयर बैंकले सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन यरी कति कित्ता सेयर खरिद यर्नै हो सोको व्यहोरा खुलाई बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।