८ असार, २०८२ आइतबार
07:18:34 PM
१० जेठ, २०७९
नेप्सेमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज (मंगलबार) नेप्सेमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
१. साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड
नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १० प्रतिशत बोनस बापतको २ लाख ३० हजार ४ सय ८२ दशमलव ९० कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरि कूल १०.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
२. सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड
नेप्सेमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस बापतको ६ लाख ७८ हजार ३ सय ९७ दशमलव ४९५९ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।