१ भदौ, २०८२ आइतबार
09:35:13 PM
१० जेठ, २०७९
यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले जेठ १९ गतेदेखि एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशन गर्न लागेको हो।
यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।
उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने छ। उक्त फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएमा असार २ गतेसम्म आवेदन म्याद थप गरिने छ ।
यस योजनाको अवधि ७ वर्षको रहेको छ । यसको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।