२६ साउन, २०८२ आइतबार
05:53:33 PM
१५ पुस, २०७८
नगद खरिदमा छुट पाउने
काठमाण्डौं, पुस १५
विहिवार मोटरहेड ब्राण्डको आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रालिले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई शिरोधार्य गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन बीमा समिति चोकमा आफ्नो आधिकारीक मर्मत केन्द्र विस्तार गरेको छ । विहिवार एक समारोहबीच वडा अध्यक्षबाट मर्मत केन्द्रको उद्घाटन गरिएको हो ।
कम्पनीले मर्मत केन्द्र २० वर्ष देखि यसै क्षेत्रमा आवद्ध दिपक मोटरसाइकल वर्कशपका प्रोप्राइटर दिपक चौधरीलाई आधिकारीक्ता प्रदान गरेको हो ।
दिपक चौधरीका अनुसार आफू यस क्षेत्रमा लागेको १५ वर्ष भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएको काठमाण्डौंमा बढी सम्भावना देखिएको विल्कुलै फरक सेग्मेन्टको मोटरहेड ब्राण्डका वाइकहरु पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त ब्राण्डसंग आफू आवद्ध भएको बताए ।
कम्पनीले विहिवार आधिकारीक मर्मत केन्द«को उद्घाटन गरी आज र भोलि २ दिने क्याम्प पनि सञ्चालन गरेको छ । नगद खरीदमा १० हजार रुपैयाँ छुट, फाइनान्समा ७ हजार रुपैयाँ छुट र एक्चेञ्ज गर्दा बजार मूल्याकंनमा थप १५ हजार रुपैयाँ पाउने सुविधा रहेको छ ।