२३ बैशाख, २०८२ मंगलबार

03:16:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लिलामी सेयर खरिद गर्ने आज अन्तिम दिन

Nepal Business

२२ बैशाख, २०७९

वैशाख १४ गतेदेखि संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लिलामी सेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाण्डौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामीको बिहीबार अन्तिम दिन रहेको छ ।

कम्पनीको ४५ हजार ९९१ कित्ता सेयर लिलामी खरिदका लागि आज गने बिहीबार अन्तिम दिन रहेको कम्पनीले जानकारी दिएको हो। 

लिलामी सेयर खरिदका लागि आज (बिहीबार) कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ। बैंकले वैशाख १४ गतेदेखि संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो। 

लगानीकर्ताले यसमा न्यूनतम १८५ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।

सो सेयर खरिदका लागि न्यूनतम  १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।