२१ बैशाख, २०८२ आइतबार
11:31:44 AM
९ बैशाख, २०७९
नौ महिनामा नेपालले ३८ अर्ब १ करोड ३२ लाख ३३ हजार रुपैयाँ बढीको इन्धन आयात गरिसकेको छ ।
काठमाण्डौं । चालु आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा भारतबाट नेपालले करिव दुई खर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ ।
२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा सो इन्धन नेपालले आयात गरेको भन्सार विभागले जनाएको छ ।
यस अवधिमा भारतबाट कूल १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ ।
भारतबाट कूल १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ ।
भन्सार विभागले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार रुपैयाँको डिजेल, ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँको पेट्रोल र ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपैयाँको एलपीजी ग्यास नेपाल भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मूल्यको इन्धनभन्दा बढी चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार गत आर्थिक वर्ष भारतबाट नेपालले कूल १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको इन्धन आयात गरेको थियो ।
अघिल्लो एक वर्षमाभन्दा यसवर्षको पहिलो नौ महिनामा नेपालले ३८ अर्ब १ करोड ३२ लाख ३३ हजार रुपैयाँ बढीको इन्धन आयात गरिसकेको छ ।