१६ कार्तिक, २०८१ शुक्रबार
05:37:17 AM
३ बैशाख, २०७९
मेयर पदमा समीक्षा बास्कोटा मेयर र कीर्ति तुलाधर उपमेयरको उम्मेदवार बनाएको छ ।
काठमाडौं । विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँको मेयर र उपमेयर पदका उम्मेदवारहरूले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले मेयर पदमा समीक्षा बास्कोटा मेयर र कीर्ति तुलाधर उपमेयरको उम्मेदवार बनाएको छ ।
आज पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रममा उम्मेदवारहरूले आफ्ना सात मूल एजेन्डाहरू रहेको बताए ।
यसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवास् कला–संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा रहेका छन् ।