१ पुस, २०८२ मंगलबार
04:48:02 AM
९ चैत, २०७८
काठमाण्डौं–नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स कम्पनी लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको छ।
कम्पनीले १ः०.७० को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७० प्रतिशतले हुन आउने ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रूपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक १ गते सेबोनमा निवेदन पेश गरेको थियो।
कम्पनीलाई बोर्डले मंगलबार ७० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति दिएको हो। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।