२४ बैशाख, २०८२ बुधबार
07:30:32 AM
३० फागुन, २०७८
कम्पनीले कारोबारका लागि JALPA सिम्बोल पाएको छ ।
काठमाडौं
स्पेशल प्रि ओपन सेसनमा जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ। फागुन ३० गतेको स्पेशल प्रि ओपन सेसनमा लघुवित्तको सेयर प्रति कित्ता ३१८ रुपैयाँ ६० मा पहिलो कारोबार भएको हो।
लघुवित्तको १६ लाख कित्ता सेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ६४ रूपैयाँ ६० पैसादेखि अधिकतम ४ सय ९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।
सोहि मूल्यको आधारमा पहिलो कारोबार भएको छ । कम्पनीले कारोबारका लागि JALPA सिम्बोल पाएको छ ।