२ जेठ, २०८१ बुधबार

02:41:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अष्ट्रेलियामा नेपाली दूतावासको भवन निर्माण हुने

१७ फागुन, २०७८

अष्ट्रेलियामा लामो समयदेखि नेपाली दूतावास रहेपनि आफ्नै भवन बन्न सकेको थिएन । भवन निर्माणका प्रारम्भिक कामहरु सम्पन्न भईसकेको र अब अन्य प्रक्रिया पुरा गरेसंगै निर्माण कार्यले गति लिने दूतावास स्रोतले जनाएको छ ।

अष्ट्रेलियामा नेपाली दूतावासको भवन निर्माण हुने

 मुक्तिराम पोख्रेल । अष्ट्रेलिया ।
अष्ट्रेलियामा नेपाली दूतावासको आफ्नै भवन निर्माण हुने भएको छ । नेपाली दूतावासको नाममा रहेको जग्गामा भवन निर्माणका लागि विस्तृत प्रतिवेदन तयार भईसकेको छ । अब दूतावासको भवन निर्माण कार्य छिट्टै सुरु हुने दुतावासले जनाएको छ ।

आफ्नै प्रशासनिक भवन निर्माण गर्न सके सेवा प्रवाहका लागि समेत सहज हुने दूतवासले जनाएको छ । 

अष्ट्रेलियामा लामो समयदेखि नेपाली दूतावास रहेपनि आफ्नै भवन बन्न सकेको थिएन । भवन निर्माणका प्रारम्भिक कामहरु सम्पन्न भईसकेको र अब अन्य प्रक्रिया पुरा गरेसंगै निर्माण कार्यले गति लिने दूतावास स्रोतले जनाएको छ । 

दूतावासको भवन निर्माणका लागि अब नेपाल सरकारले स्वीकृतिसंगसंगै बजेटको व्यवस्था गर्नुपर्ने छ । डिजाईन अनुसार दूतावास परिसर भित्र नेपाली शैलीमा ४ वटा भवन निर्माण हुने बताईएको छ । भवन निर्माणका लागि अष्ट्रेलियन सरकारको सहुलियतमा झण्डै १ सय वर्षका लागि १२ लाख डलरमा यस अगाडि नै जग्गा खरिद गरिएको थियो । 

अष्ट्रिेलियामा अहिले पढ्न, काम गर्न र व्यापार व्यवसाय गर्न नेपालीहरु जाने गरेका छन् । पछिल्लो समय अध्ययनका लागि हजारौं विधार्थीहरु अष्ट्रेलिया पुग्ने गरेका छन् । अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै जाँदा दूतावासको सक्रियतापनि बढाउनुपर्ने आवश्यकता बढेर गएको छ ।

विभिन्न समस्यामा रहेका नेपालीहरुलाई दूतावास र स्वतन्त्र रुपमा रहेका नेपाली सामाजिक संघसंस्थाहरुले सहयोग गरिरहेका छन् । अष्ट्रेलिया सरकार र नेपाल सरकारबीचको कुटनीतिक सम्बन्ध बलियो बनाउन नेपाली राजदूतावासले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

आफ्नै प्रशासनिक भवन निर्माण गर्न सके सेवा प्रवाहका लागि समेत सहज हुने दूतवासले जनाएको छ ।