२१ बैशाख, २०८२ आइतबार

02:08:11 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकार निजीक्षेत्रसँग प्रतियुनिट ४.८० रुपैयाँमा बिजुली किनेर भारतलाई ४.३३ मा बेच्दछ

Nepal Business

२६ मंसिर, २०७८

सरकारले अन्तर्राष्ट्रिय बजारमा बिजुलीको पहुँच बनाइरहँदा देशभित्र सञ्चालित उद्योगी-व्यवसायीहरुले बिजुली अभावमा पूणर् क्षमतामा उद्योग सञ्चालन गर्न सकिरहेका छैनन् ।

सरकार निजीक्षेत्रसँग प्रतियुनिट ४.८० रुपैयाँमा बिजुली किनेर भारतलाई ४.३३ मा बेच्दछ

 

नेपालका निजी उद्योगले प्रति युनिट ११ रुपैयाँसम्म तिर्छन

काठमाण्डौं, मंसिर २६

आजभोली नेपाल सरकारले बिजुली उत्पादन अधिक भएकोले भारतलाई ३९ मेगावाट बिजुली बिक्री गर्दै आएको छ । गत कार्तिक १६ गतेदेखि भारतलाई बिजुली बेच्दै आएको हो ।

सरकारले अन्तर्राष्ट्रिय बजारमा बिजुलीको पहुँच बनाइरहँदा देशभित्र सञ्चालित उद्योगी-व्यवसायीहरुले बिजुली अभावमा पूणर् क्षमतामा उद्योग सञ्चालन गर्न सकिरहेका छैनन् । उनीहरुले विद्युत् अभाव कम गर्न आफ्नै पावर प्लान्ट समेत राखेका छन् । डिजेलबाट चलाइने प्लान्टमा लागत प्रति युनिट २७ रुपैयाँ पर्छ । प्राधिकरणको बिजुलीलाई भने प्रति युनिट १० रुपैयाँ तिर्दा पुग्छ ।

सरकारले गत वर्ष नै सिमेन्ट र कृषिजन्य उद्योगलाई प्राथमिकता राखेर बिजुली, खानेपानी र पहुँचमार्ग निर्माणको नीतिगत निणर्य गरे पनि बिजुलीको पहुँच बढाउने पूर्वाधार निर्माणमा प्राधिकरणको ध्यान नपुगेको उनीहरूको गुनासो छ ।

सरकारले निजीसँग ४.८० रुपैयाँमा बिजुली किनेर भारतलाई ४.३३ मा बेचिरहेको छ । यसरी घाटामा बिजुली बेच्नु भन्दा देशमै बिजुली खपत बढाएर अन्य इन्धनको प्रयोग कम गराई आम्दानी सृजना गर्नु पर्नेमा उनीहरुले जोड दिइरहेका छन् ।

नेपालको बजारमाग हाल १५सय मेगावाटको हाराहारीमा छ । उत्पादन १७ सय मेगावाटको हाराहारीमा भएकोले २ सय मेगावाट खेर गइरहेको बुझिन्छ । तर उद्योगहरुमा अभाव देखिनुले सरकारी तथ्यांकको विश्वसनीयतामा शंका उब्जिएको देखिन्छ ।