२१ बैशाख, २०८२ आइतबार
11:26:36 PM
१५ फागुन, २०७८
पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए ।
काठमाण्डौ ।
अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले पूर्व मन्त्री राम कुमार श्रेष्ठ विरुद्ध चार करोड पैचालीस लाख भन्दा बढि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
आयोगले श्रेष्ठ पदमा बहाल रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको छ ।
पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए । आयोगले श्रेष्ठको नाममा रहेको घर, जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न मागदाबी गरेको छ ।