२१ बैशाख, २०८२ आइतबार

06:07:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बलेफी हाइड्रोपावरको आईपीओमा १२ लाख २३ हजार कित्ताका लागि पर्याे आवेदन

१३ फागुन, २०७८

हालसम्म ७ हजार १ सय १४ जना आवेदकबाट १२ करोड २३ लाख ४१ हजार रूपैयाँ बराबरको १२ लाख २३ हजार ४ सय १० कित्ता आईपीओको लागि पर्याे आवेदन

बलेफी हाइड्रोपावरको आईपीओमा १२ लाख २३ हजार कित्ताका लागि पर्याे आवेदन

काठमाडौं
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा हालसम्म १२ करोड २३ लाख ४१ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीको आईपीओमा हालसम्म ७ हजार १ सय १४ जना आवेदकबाट १२ करोड २३ लाख ४१ हजार रूपैयाँ बराबरको १२ लाख २३ हजार ४ सय १० कित्ता आईपीओको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशतले हुने १८ लाख २७ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो ।

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा फागुन १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले उक्त आईपीओमा कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर र महालक्ष्मी विकास बैंक खाडिचौर शाखाबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।