२२ बैशाख, २०८२ सोमबार
02:39:03 AM
१० फागुन, २०७८
काठमाण्डौं
अख्तियार दुरुपयोग अनुन्धानले रकम हिनामिना गरेको आरोपमा तीन जनामाथी विशेष अदालमा आरोप पत्र दायर गरेको छ । तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल र सहलेखापाल जनक राज जोशी विरुद्ध विशेष अदालतमा मंगलरबार अख्तियारले आरोप पत्र दायर गरेको हो ।
उनीहरु विरुद्ध वृक्षरोपण गर्न विनियोजित रकम विरूवा समेत वृक्षारोपण नगरी रकम हिनामिना गरेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले अनुसन्धान गर्दा तत्कालीन जिल्ला वन कार्यालय बाराले आ.व. २०७३ र ०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ न.पा.स्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम तीन लाख ६० हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएको हो ।
अख्तियारका अनुसार हानिनोक्सानी भएको बिगो निजहरुबाट असुलउपर हुन समेत माग दावी लिइएको छ ।
पूर्णपाठ सहित