२१ बैशाख, २०८२ आइतबार
08:53:42 PM
२८ माघ, २०७८
२८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ ।
चार पुरुष र एक बालिका गरी पाँच जनाको मृत्यु भएको पुष्टि
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले चार पुरुष र एक बालिका गरी पाँच जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । राती २ बजे लागेको आगो विहान सम्म निभाउन सकिएको थिएन ।
आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । सबैको धुँवाले निसासिएर मृत्यु भएको जनाइएको छ । विद्युतको मिटर पड्किंदा आगलागी भएको जनाइएको छ ।