२४ बैशाख, २०८२ बुधबार
01:22:21 AM
२६ माघ, २०७८
काठमाण्डौं
सेयर बजार बुधबार पनि घटेको छ । आज सेयर बजार २२.११ अंकले ओरालो लागेको हो । ०.७८ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ८ सय १३.४७ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज ६५ लाख २० हजार ६ सय २८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार एक सय ८२ रुपैयाँको कारोबार भएको छ ।
यस्तै सबै उपसमुहतर्फ राताम्मे छन् भने कम्पनीतर्फ लाइबेर्टी इनर्जी कम्पनी लिमिटेड ३.०८ प्रतिशत, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड २.८० प्रतिशत र जनउत्थान समुदायिक लघुवित्त विकास बैंक १.९७ प्रतिशतले बढेका छन ।