२१ बैशाख, २०८२ आइतबार

08:57:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डा. सत्यमोहन जोशी अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख

Nepal Business

२५ माघ, २०७८

डा. सत्यमोहन जोशी अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाण्डौं
शताब्दी पुरुष डा.सत्यमोहन जोशी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना  हुनु भएको छ । शरीरमा अक्सिजन कमी भएपछि जोशीलाई सोमबार ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकद्धारा बताइएको छ ।  

परिवारका सदस्य अजरमान जोशीले भन्नुभयो, अहिले स्वास्थ्य ठिक छ।  आजै सिटी स्क्यान गरिएको र अरु पनि परीक्षण भइरहेको छ । उहाँ अहिले किताब पढ्दै हुनुहुन्छअघिभन्दा धेरै फ्रेस देखिइरहनु भएको छ परिवारका सदस्यले बताउनु भयो । जोशीलाई अझै एकसाता अस्पतालमा बस्नुपर्ने अस्पतालका चिकित्सकले बताउनु भयो।