२३ बैशाख, २०८२ मंगलबार
07:38:28 PM
२४ माघ, २०७८
काठमाण्डौं
ग्रीन डेभलपमेण्ट बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तनहूँको व्यास नगरपालिका २, सफासडक, दमौलीमा नयँ शाखा कार्यालय विस्तार गरेको हो । सो शाखाको उद्घाटन बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले गर्नुभएको हो । उँहाले स्थानिय स्तरवाट स्थापित बैंक गण्डकी प्रदेशको एक मात्र स्थानिय बैंक भएको दावी गर्नुभयो ।
यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धीत तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको जानकारी दिनुभयो ।
बैंकले हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा रहेका १५ वटा शाखाबाट विभिन्न किसीमका आधुनिक बैंकिङ्ग सुविधाहरु, मोवाईल बैंकिङ, निःशुल्क एटिएम सेवा, आईपिएस, सि–आस्वा लगायतका सुविधा दिइरहेको छ ।