२१ बैशाख, २०८२ आइतबार

01:14:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोनाम ल्होछार पर्व आज, देशभर सार्वजनिक विदा

Nepal Business

१९ माघ, २०७८

सोनाम ल्होछार पर्व आज, देशभर सार्वजनिक विदा

काठमाडौं । 

तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्वका आवशरमा राष्ट्रपति, प्रधानमन्त्री लगाएतका उच्च पदस्त अधिकारीहरुले शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतायुक्त कला, संस्कृति, रितिरिवाज र धर्म संस्कृतिले नेपालको पहिचान बढाउन सहयोग गरेको बताउनुभएको छ ।

यसैगरी यस्ता पर्वहरुले आपसि सम्वन्ध सुधार गर्दै एकताको सन्देश दिन सके पर्वको महत्व र उपलब्धि हुने राष्ट्रपतिद्धरा जारी शन्देसमा उल्लेख छ । यसैगरी प्रधानमन्त्री शेर बहादुर देउवाले पनि शुभकामना दिनुभएको छ । उहाँले सोनाम ल्होछार पर्व मनाउने समुदाय र अन्य समुदायबीचको आपसी सम्वन्ध प्रगाढ बनाउँदै नेपालको विविधतालाई बचाउँदै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

आज मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गर्दछन् ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्षको पर्वमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

बाघ वर्ष सुरु

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औं वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका बताउँछन् ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष ओमिक्रोन भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन । विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होछारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको ¥याली निकालिने गरिएको थियो ।