२१ बैशाख, २०८२ आइतबार
01:23:05 PM
१४ माघ, २०७८
काठमाण्डौं
कुनैपनि समयमा बालबालिकालाई विना सिफारिस एक स्थानबाट अर्को स्थानमा लिएर जान नपाउने सूचना गृहमन्त्रालयले जारी गरेको छ । विभिन्न प्रलोभन देखाएर विदेश पठाउने, घरेलु कामदारको रुपमा प्रयोग गर्ने तथा यौन यौनशोषण गर्ने गरेको पाइएकोले बालबालिकालाई एक स्थानबाट अर्को स्थानमा लैजान स्थानिय तहको सिफारिस लिनु पर्ने व्यवस्था गरेको सूचनामा जनाइएको छ ।
विदेश जानेको हकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, महिला बालबालिका वा जेष्ठ नागरिक मन्त्रालयबाट सिफारि लिनुपर्ने गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।