२१ बैशाख, २०८२ आइतबार
01:55:13 PM
२१ चैत, २०७९
त्यसका बारेमा हामीले सात दिनभित्र उजुरी परेको उम्मेदवारसँग स्पष्टीकरण लिएर बाँकी प्रक्रियाका लागि फाइल निर्वचन आयोगमा पठाउने छौं,’ चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले भने ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार उजुरी दर्ता भएका छन् ।
तीनवटा उजुरी चितवन–२ मा उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दर्ता गराएका हुन् ।
तीनवटा उजुरी चितवन–२ मा उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एउटा उजुरी काठमाडौंबाट ई–मेलमा प्राप्त भएको हो । उम्मेदवारका तर्फबाट परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबारभित्र निर्णय लिनुपर्नेछ ।
‘एउटा उजुरी सर्वसाधरणबाट काठमाडौंदेखि ई–मेलमा आएको छ । त्यो पनि यहाँ दर्ता भयो ।
त्यसका बारेमा हामीले सात दिनभित्र उजुरी परेको उम्मेदवारसँग स्पष्टीकरण लिएर बाँकी प्रक्रियाका लागि फाइल निर्वचन आयोगमा पठाउने छौं,’ चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले भने । बाँकी उजुरीमा बुधबार ५ बजेभित्र निर्णय दिने उनले बताए ।