२४ असोज, २०८२ शुक्रबार
12:11:43 PM
५ असोज, २०७९
काठमाण्डौं । अब काठमाण्डौं महानगरपालिकामा बिना अनुमति डिजिटल बोर्ड राख्न नपाइने भएको छ । बुधबार महानगरले एक सूचना जारी गर्दै अनुमतिबिना महानगर क्षेत्रमा डिजिटल होर्डिङ बोर्ड हटाउने निर्देशन दिएको हो ।
सूचनामा भनिएको छ, ‘५ असोज गतेबाट अनुमति बीना वाहृय विज्ञापन सञ्चालन नगर्नर नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ ।’
महानगर क्षेत्रभित्र अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपश्चात् समेत निरन्तर होर्डिङ डिजिटल बोर्ड तथा अन्य माध्यमबाट बाह्य विज्ञापन गरिरहेको देखिएकाले सूचना जारी गरिएको महानगरले जनाएको छ ।