२१ बैशाख, २०८२ आइतबार
01:14:59 PM
३ असोज, २०७९
काठमाडौं । आउँदै गरेको दसैँका अवसरमा हाम्रोबजारले अहिलेसम्मकै सबैभन्दा ठूलो सेकेन्ड ह्यान्ड कार मेला गर्दैछ। जहाँ इच्छुक ग्राहकले एकै ठाउँमा सेकेन्ड ह्यान्ड कार किन्न, बेच्न वा साट्न सक्छन्।
कार्निभल दरबारमार्गको अन्नपूर्ण होटेलको प्राँगणमा यही असोज ७ गतेदेखि ९ गतेसम्म मेल हुनेछ। हाम्रोबजार एप भएका सबै ग्राहकले कार्निभलमा निःशुल्क प्रवेश पाउनेछन्।
ग्राहकले हाम्रो बजार सेलेक्टमा रहेका ३०० भन्दा बढी दक्ष प्राविधिकद्वारा प्रमाणित सेकेन्ड ह्यान्ड कारमध्येबाट रोज्न पाउनेछन्। हाम्रोबजार सेलेक्टमा रहेका सम्पूर्ण गाडी ह्यान्डपिक्ड र दक्ष प्राविधिकद्वारा निरीक्षण गरेपछि मात्र बिक्रीका लागि राखिने हुनाले ग्राहकले कार्निभलमा उपलब्ध कुनै पनि कार ढुक्कसँग खरिद गर्न सक्नेछन्। यसका साथै कार्निभलमा इच्छुक ग्राहकले गाडी खरिदका लागि फाइनान्सिङका सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
कार्निभलमा ग्राहकको सुविधाका लागि अटोमोबाइलसँग सम्बन्धित विभिन्न बुथहरु पनि हुनेछन् साथै कार्निभलमा विभिन्न खानेकुरा र पेय पदार्थ स्टल, सांगीतिक प्रस्तुति, स्ट्यान्ड–अप शो र अन्य रमाइलो गतिविधि पनि समावेश गरिनेछ। यो सबै रमाइलोसँगै कार्यक्रममा केही भाग्यशाली सहभागीले हरेक दिन विभिन्न उपहार पनि जित्न सक्नेछन्।