२३ बैशाख, २०८२ मंगलबार
05:43:07 PM
३० भदौ, २०७९
काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई सात दिनभित्र वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
समितिले तोकिएको समयमा वित्तीय विवरण पेश नगर्ने १६ जीवन बीमा कम्पनीहरुलाई सात दिनभित्र वित्तीय विवरण पेश गर्न निर्देशन दिएको हो ।
बीमा समितिले जारी गरेको जीवन बीमाले सम्बन्धी निर्देशिका २०७८ अनुसार आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र पेश गर्नुपर्ने व्यवस्था छ । त्यस अनुसार मेट लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले मात्रै वित्तीय विवरण पेश गरेका छन् ।
हाल सम्म पनि वित्तीय विवरण पेश नगरेका राष्ट्रिय बीमा संस्था, नेशनल लाइफ, नेपाल लाइफ, एलआईसी नेपाल, एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, प्राइम लाइफ, आइएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, रिलायन्स लाइफ, सिटिजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्स रहेका छन् ।