२१ बैशाख, २०८२ आइतबार
01:59:31 PM
२२ भदौ, २०७९
काठमाण्डौं। सुनको भाउ बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो।
छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य ताृेलाको ९४ हजार रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ११० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार १२५ रुपैयाँमा किनबेच भएको थियो।