१ भदौ, २०८२ आइतबार
10:25:47 PM
३१ साउन, २०७९
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कोषले सार्वजनिक गरेको उक्त विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८८ करोड ७८ लाख ०६ हजार रुपैयाँ खुद मुना कमाएको छ ।
यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ७७ करोड ६८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यो अवधिमा कोषको ब्याज आम्दानी पनि ३७.७९ प्रतिशतले बढेर २२ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १६ करोड ३३ लाख रुपैयाँ थियो।
कोषको सेवा शुल्क र कमिसन बापतको मुनाफा बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा १ अर्ब १४ करोड ३५ लाख ८६ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा वृद्धि भएर १ अर्ब २६ करोड २ लाख २७ हजार रुपैयाँ पुगेको छ । कोषको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २७.१५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३८.६५ रुपैयाँ रहेको छ।